२०७७ जेष्ठ १९ गते

साझा प्रकाशनका तीन सदस्यद्वारा राजीनामा

काठमाडौँ । साझा प्रकाशनको सञ्चालक समितिको सदस्यबाट तीन जनाले राजीनामा दिएका छन् ।


समिति सदस्य दीनानाथ शर्मा, प्रदीप नेपाल र प्रा डा कृष्णहरि बरालले विज्ञप्ति प्रकाशन गरी राजीनामा दिएकाहुन् । उनीहरुले पछिल्ला समयमा साझा प्रकाशन र आफ्नो प्रतिष्ठानमा आँच आउने किसिमका समाचार बाहिर आएकाले उक्त पदमा बसिरहनु उपयुक्त नठानेकाले राजीनामा दिइएको बताएका छन् ।

तीनै जनाले शिक्षा मन्त्रालयमा गत साउन ९ गते राजीनामा बुझाए पनि मन्त्रालयबाट स्वीकृत नभएपछि आज आफैँ राजीनामा दिएका थिए । विज्ञप्तिमा उनीहरुले ‘स्वयं शिक्षा मन्त्रालयबाट समेत राजीनामाका बारेमा भ्रामक समाचार आएकाले पनि साझा प्रकाशनमा बस्न उपयुक्त नहुने’ उल्लेख गरेका छन् । शर्मा र नेपाललाई शिक्षा मन्त्रालयले २०७२ साल असार २४ र प्रा डा बराललाई साउन १० गते तीन वर्षका लागि साझा प्रकाशनको सञ्चालक समिति सदस्यमा नियुक्त गरेको थियो ।गोरखापत्रमा खबर छ ।

Comments: