२०७७ जेष्ठ १७ गते

बालबालिकाका लागि नेक्स्ट जेनेरेसन कार्यक्रम

राजन रावत/हुम्ला

          
हुम्ला जिल्लामा नेक्स्ट जेनेरेसन नेपाल कार्यक्रम लागु भएको छ । १८ वर्ष भन्दा मुनिका बालबालिकाहरु परिवारवाट अलग्याएर अवैधानिक रुपमा बाल गृहमा ओसार पसार तथा बेचबिखन रोक्ने उद्देश्यका साथ यो कार्यक्रम जिल्लामा लागु गरिएको हो ।

एनजिएन प्रोजेक्टको आर्थिक सहयोगमा जिल्लाका सिमकोट, खार्पुनाथ, चंखेली र अदानचुली गाउँपालिकामा यो कार्यक्रम लागु भएको किर्डाक हुम्ला निमित्त जिल्ला संयोजक बलिराम चौधरीले जानकारी दिए ।

 अवैध रुपमा देशको विभिन्न स्थानमा सञ्चालित बालगृहमा हुम्लाका धेरै पढ्ने नाममा बालबालिका लैजाने गरिएको र त्यसलाई नियन्त्रण गर्नका लागि यो प्रोजेक्टले काम गर्ने उनले बताए ।

 सचेतनामुलक कार्यक्रम मार्फत किर्डाक नेपालको आयोजनामा यो कार्यक्रममा जुलाई २०१८ देखि जनवरी २०२१ सम्म सञ्चालन हुने भएको छ । ४२ लाख लगानीमा चार वर्षे कार्यक्रमबाट सचेतनामुलक कार्यक्रम सञ्चालन गरेर परिवारवाट अलगिएका बालबालिकालाई रोकथाम गरिने भएको छ ।

यो कार्यक्रमवाट ओसार पसारमा तथा वेचविखनमा परेका बालबालिका, अवैध बालगृहवाट उद्धार गरिएका उनीहरुका परिवार, स्थानीय तहका जनप्रतिनिधिहरु, समुदायमा रहेको बालक्लव र आमा समुह रहेको कार्यक्रमले जनाएको छ ।

जिल्लामा नयाँ कार्यक्रम बारे जानकारी दिनका लागि जिल्ला स्तरीय परिचयात्मक कार्यक्रम सञ्चालन गरिएको र त्यसमा जिल्ला समन्वय समितिका प्रमुख दान वहादुर रावत, प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगाना, प्रहरी नायव उपरिक्षक रविन श्रेष्ठ लगाएत सरोकावाला पक्षको उपस्थिति रहेको थियो ।


Comments: