२०७६ माघ ९ गते

स्कुल जाँदै गर्दा बलात्कृत

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित मौरीफाँटा (खल्ला) मा विद्यालय जाँदै गरेकी एक किशोरी बिहीबार बीच बाटामै बलात्कृत भएकी छन् । बिहान ९ बजे कृष्ण माध्यमिक विद्यालयमा जाँदै गरेकी ८ कक्षा अध्ययनरत मौरीफाँटाकी १३ वर्षीया बालिका बलात्कृत भएकी थिइन् । उनको घरबाट विद्यालय जाने बाटामा नवदुर्गा सामुदायिक वन पर्छ ।

उनको घरदेखि करिब आधा घण्टा पैदल दूरीमा विद्यालय पर्छ । यही जंगलको बाटामा ढैया घर भएका २० वर्षीय विनोद चौधरीले बलात्कार गरेका थिए । चौधरी ट्रयाक्टरमा ढुंगामाटो भर्नेमजदुर हुन् ।

कक्षामा ती किशोरी गयल भएको खबर अभिभावकलाई गरिएपछि विद्यालयले अभिभावकलाई खबर गरेको थियो । किशोरीलाई प्रहरीले सामुदायिक वनमा बिहीबार बेलुकी बेहोस अवस्थामा फेला पारेको थियो । स्कुलको पोसाकमा लडिरहेकी किशोरीको शरीर माटोले लतपतिएको थियो । प्रहरीले उद्धार गरेपछि उनलाई धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक मोहन साउदका अनुसार उपचारपछि उनी घर फर्केकी छन् । घटनास्थल विद्यालयबाट करिब ५ सय मिटर दूरीमा पर्छ । प्रहरीले बलात्कार आरोपमा कृष्णपुर गरपालिकाकै ढैयाका चौधरीलाई पक्राउ गरेको छ । चौधरीलाई बिहीबार साँभm शुक्लाफाँटा नगरपालिकाको बनहरा पुलमा महेन्द्रनगरबाट फर्किंदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । चौधरीले बयानमा बलात्कार गरेको स्विकारेका छन् ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक साउदले बताए । उपचारपछि घर फर्केकी बालिकाले नै शुक्रबार आमाको संरक्षकमा इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी छन् । शुक्रबार बिदाको दिन परेका कारण मुद्दा दत्र्ता हुन नसकेको प्रहरी निरीक्षक साउदले बताए । ‘मुद्दा दर्ता प्रक्रियामा गइसक्यो,’ उनले भने, ‘आइतबार मुद्दा दर्ता गरिनेछ ।’


बालिका सामान्य परिवारकी हुन् । उनका अभिभावकसमेत पीडकमाथि कारबाही हुनुपर्छ भन्ने पक्षमा रहेको प्रहरी निरीक्षक साउदले बताए । पीडितका अभिभावक जसरी पनि कारबाही गराउनुपर्ने पक्षमा रहेको उनले बताए । विगतमा कतिपय बलात्कारका घटनामा पीडित पक्षले नै जाहेरी नदिने तथा पछि बयान बदल्ने गरेका कारण पीडकले उन्मुक्ति पाउँथे । तर अचेल अभिभावकसमेत पीडकलाई कारबाही गराउनुपर्ने भन्दै अघि सर्दै आएका छन् ।

भवानी भट्टले कान्तिपुरमा लेखेको खबर

Comments: