२०७७ जेष्ठ १७ गते

मन्त्री र मुख्यमन्त्रीले नै भर्ना गरेका बालबालिका विद्यालय जाँदैनन्

अन्तैबाट


काठमाडौं । नयाँ वर्षको अवसरमा आयोजित रारा महोत्सव उद्घाटन गर्न मुगु पुगेका प्रधानमन्त्रीसँग मन्त्री, मुख्यमन्त्री र नेताहरूको लावालस्कर थियो । प्रधानमन्त्रीले स्थानीय ठिन्ले स्याङ्हु तामाङलाई र श्रीमती राधिका शाक्यले स्थानीय छिरिङ छेम्जोङ लामालाई स्थानीय बुद्ध माविमा कक्षा १ मा भर्ना गराएका थिए । दुवै विद्यार्थीले अहिले पढिरहेका छन् । तर, प्रधानमन्त्रीको टोली काठमाडौं फर्किएपछि अभिभावक र विद्यालयसँग कुनै सम्पर्क छैन । ‘दुवै बालकले नियमित कक्षा लिइरहेका छन्, तर उनीहरूको विषयमा कहीँकतैबाट सोधपुछ भएको छैन,’ प्रधानाध्यापक गंगाराम जिसीले भने ।


उद्घाटन कार्यक्रममै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले स्थानीय बालक कर्मा यान्जिन लामालाई कक्षा १ मा भर्ना गराएका थिए । तर, ती विद्यार्थी भर्नाको दिनदेखि अहिलेसम्म सम्पर्कमा छैनन् ।


पर्यटनमन्त्री रवीन्द्र अधिकारीले अभिभावकत्व ग्रहण गरेका पुन्नबहादुर कुलाल, प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले अभिभावकत्व ग्रहण गरेका पर्साका २ तथा सिरहा र धनुषाका एक,एक गरी चार बालबालिका, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अभिभावकत्व ग्रहण गरेका सरोज नेपाली, सांसद् तथा पूर्वमन्त्री शरतसिंह भण्डारीले अभिभावकत्व लिएका महोत्तरीको औरही नगरपालिका–१ मुसहर बस्तीका सात वर्षीय अमितकुमार माझीलाई उनीहरुले त्यसपछि कुनै वास्ता गरिएको छैन ।

रक्षामन्त्री ईश्वर पोखरेलले भर्ना गराएका सूर्यदेवी रोकाया र पुस्कर रोकाया, मुख्यमन्त्री शंकर पोखरेलले अभिभावकत्व ग्रहण गरेका शिवु चौधरी र आशिका चौधरी,  उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले भर्ना गराएका लक्ष्मी परियार र आशा परियार भर्ना गराएका थिए ।


नेकपाका दुवै अध्यक्षले अभिभावकत्व लिए, तर सोधपुछ गरेका छैनन् ।

गत १ वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको मुगम कार्मारोङ गाउँपालिका–८ का पाँच वर्षीय ठिन्ले स्याङ्हु तामाङको अभिभावकत्व लिँदै स्थानीय बुद्ध माविमा भर्ना गराएका थिए । त्यतिखेर ड्रेस, कापी–किताब र डटपेन जिल्ला विकास तथा समन्वय इकाईले उपलब्ध गराएको थियो । प्रधानमन्त्री फर्किएपछि अहिलेसम्म ती बालकको पठनपाठन तथा खर्च व्यवस्थापनबारे कुनै अनुगमन हुन सकेको छैन । त्यस्तै, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५ वैशाखमा चितवनका दुई मुसहर बालक पत्रुस र अरुणलाई मेघौलीको साझापुर विद्यालयमा भर्ना गराए । प्रचण्डले उनीहरूलाई भर्ना गर्न तीनरतीन जोर पोसाक उपलब्ध गराउनुका साथै दिउँसोको खाजाका लागि मासिक एकरएक हजार रुपैयाँको प्रबन्ध गराएका छन् । तर, अभिभावक प्रचण्डको फोनको प्रतीक्षामा छन् ।


नयाँपत्रिका दैनिकमा खबर छ ।

Comments: