२०७६ असोज २९ गते

अनियमितता गर्ने ५४ परीक्षार्थी निष्कासित

महोत्तरी । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा अनियमितता गर्ने ५४ परीक्षार्थीलाई मंगलबार निष्कासन गरिएको छ । निष्कासन गरिएकामा ४१ छात्रा छन् । त्यस्तै दुईजना निरीक्षकसमेत कारबाहीमा परेको शिक्षा कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव नेतृत्वको अनुगमन टोलीले सबैभन्दा बढी भंगाहा सीतापुर केन्द्रबाट ३७ छात्रा र १० छात्र गरी ४७ जना निष्कासनमा परेका छन् ।

त्यस्तै लोहरपट्टि केन्द्रबाट ३ छात्रा र १ छात्रा, धमौरा केन्द्रबाट १र१ छात्र, छात्रा र भ्रमरपुराबाट एकजना छात्रा निष्कासनमा परेका छन् । उनीहरुको साथबाट चीट, गाईड र मोबाईल सेट बरामद भएकाले निष्कासन गरेको अनुगमन टोलीले जनाएको छ ।

त्यस्तै, शिक्षा अधिकारी ठूलोबाबु दाहाल नेतृत्वको अनुगमन टोलीले निगौल र रजखोर केन्द्रका निरीक्षक साविर साफी र चन्देश्वर महतोलाई कारबाही गरेको छ । जिशिअ दहालकाअनुसार दुवै निरीक्षकले परीक्षाका मयादाविपरीत क्रियाकलाप गरेको पाइएकोले उनीहरुलाई परीक्षाको जिम्मेवारीबाट हटाइएको हो । शिक्षा कार्यालयले दुवैमाथि स्पष्टिकरणसमेत सोधिने जनाएको छ । कान्तिपुरमा खबर छ ।

Comments: