२०७६ कार्त्तिक २६ गते

एसइइ प्रश्नपत्रमा त्रुटिः क्षतिपूर्ति कसरी ?

घनश्याम रेग्मी



यही मिति २०७५ साल चैत्र १० गतेबाट सञ्चालित एसइइ परीक्षामा चैत्र १३ गते सम्पन्न भएको गणित विषयको (गण्डकी प्रदेश) को प्रश्नपत्र हेरिसके पछि, सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने अभिप्रायका साथ केही सवालहरु उठाउने जमर्को गरेको छु । यस सँग सरोकार राख्ने नीति निर्माता, विषय विज्ञ एवं सचेत समुदाय मार्फत यहाँ उठाएका सवालहरुमा खण्डन अथवा अवोध  बाल मस्तीष्कमा पर्न गएको असरको क्षतिपूर्ति भरण प्रकृयामा ऐक्यबद्धताको अपेक्षा गर्दछु ।


हाल सञ्चालन भएको एसइइ को परीक्षा स्तरीय परीक्षा हो जसलाई राष्ट्रिय /अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको हुन्छ । एउटा शिक्षा शास्त्र संकाय गणित विषयको विद्यार्थी र करिव ३० वर्ष गणित विषय अध्यापन गराएको शिक्षकको नाताले  स्तरीकृत परीक्षा र प्रश्नपत्र निर्माणका विशेषता एवं चरणहरुलाई संक्षिप्त रुपमा स्मरण गराउन चाहान्छु । मैले बुझे अनुसार स्तरीकृत परीक्षामा वैैधता, विश्वसनीयता, तुलनात्मकता, वस्तुगतता, व्यवाहारिकता र उपयोगिता जस्ता गुणहरु हुन्छन ।

हरेक प्रश्न पत्रले पाठ्यक्रमले तोकेको उद्देश्यहरुलाई अधिकतम रुपमा समेट्नु पर्दछ । यस्ता प्रश्नपत्र निर्माणका निश्चीत चरणहरु हुन्छन जसमा उद्देश्यको निर्धारण देखि विशिष्टिकरण तालिकाको निर्माण गर्दै नमूना प्रश्नपत्र निर्माण, संकलन गरि तिनीहरुमा देखिएका त्रूटीहरुलाई सम्पादन गरिएको हुन्छ र ति प्रश्नहरुलाई परीक्षण गरि परिक्षण गरी त्रुटि रहित प्रश्नपत्रहरु निर्माण गरिन्छ र गर्नुपर्दछ ।

तर हालै सम्पन्न एसइइ परीक्षाको गण्डकी प्रदेशमा प्रयोग गरिएको प्रश्नपत्रमा थुप्रै त्रुटिहरु छन् । प्रश्नपत्रले विद्यार्थीहरुमा भाषिक सिपको मापन गर्न खाजेको हो कि गणितिय सिपको मुल्याङ्कन गर्न खाजेको हो स्पष्ट छैन । प्रश्न नं. १ नै त्रूटिपूर्ण छ जसमा अंग्रेजी र नेपाली भाषा नै समानान्तर छैन । प्रश्नपत्रमा प्रयोग भएका चित्रहरुले विधार्थीलाई स्पष्ट धारणा दिनुको सट्टा अन्योलता सृजना गराएको छ । उदाहरणको लागि प्रश्न नं. ५ (ग) मा २० से.मी. नाप भएको भूजा भन्दा १० से.मी. नाप भएको भूजा लामो छ ।

त्यसै गरी सोही प्रश्नमा समकोण चिन्ह प्रयोग गरिएको छ तर समकोण त्रिभूज पाइथागोरस साध्य विरुद्ध छ । उक्त नाप अनुसार चित्र नै बन्न सक्दैन यो सामान्य गणितको विद्यार्थीलाई पनि अवगत हुने कुरा हो । यसै गरि प्रश्न नं. ८ (ग) मा ६० डिग्री कोणको नाप भन्दा १२० डिग्री कोणको नाप सानो छ ।

यसले विद्यार्थीहरुमा अन्योलता सृजना गराएको छ । सोहि अनुसार प्रश्न नं. २१ मा ब्याजदर प्रतिशतमा दिइएको छ, तर प्रति वर्ष भनिएको छैन, जुन प्रश्न हल गर्दा अनिवार्य रुपले आवश्यकता पर्दछ जसको भाषाले दोहोरो अर्थ दिन्छ र विद्यार्थीहरु झन अन्योलमा पर्दछन् । पाठ्यक्रम भन्दा बाहिरको यो प्रश्न कुनै हालतमा समाधान गर्न नै सकिदैन ।  यसरी यस प्रश्नपत्र भित्र जम्मा १ं२ं२ं५ं५.१५ अंकको त्रूटी छ ।

यस्ता गलत र भ्रामक प्रश्नले परीक्षा हलभित्र परीक्षार्थीलाई मनोवैज्ञानिक रुपले हतोत्साहित बनाउ“दछ । राष्ट्रिय परीक्षा बोर्डको नोटिस बोर्डमा सबै त्रूटिहरु सच्चाइएको छैन र केही त्रूटिहरु सच्चाइएको छ भन्ने बाहानामा कैहिल्यै पनि विद्यार्थीहरुलाई क्षतीपूर्ति उपलब्ध गराउन सकिदैन । यी प्रश्नको प्रकृति हेर्दा हाम्रो गण्डकी प्रदेशको नै बदनाम हुन जान्छ । प्रश्नपत्र हचूवाका भरमा विना तयारी सम्पादन र पूनरावलोकन नै नगरी प्रश्नपत्र तयार गरिएको हो भनी सहजै अनुमान गर्न सकिन्छ ।

यो प्रश्नपत्र तयार गर्ने व्यक्तिमा गणित विषयको सामान्य ज्ञान नै नभएको सहजै अनुमान गर्न सकिन्छ । तसर्थ आगामी दिनमा यस्ता प्रश्नपत्र तयार गर्दा त्रूटि रहित बनाउन कम्तीमा पनि यस वर्ष प्रश्न निर्माण प्रकृयामा संलग्न व्यक्तिहरुलाई कारवाही गर्नुपर्दछ । यस वर्ष प्रयोग भएको प्रश्नपत्रको निर्माण प्रकृयामा भएका गल्तीको सजाय विद्यार्थीहरुले पाउनु हुदैन । गल्ती गर्ने राष्ट्रिय परीक्षा बोर्ड र सजाय भोग्ने अवोध बालबालीका यो कदापी हुनै सक्दैन । यसको निम्ती यस वर्ष अनिवार्य गणित विषयको उत्तरपुस्तिका परीक्षण गर्दा प्रत्येक विद्यार्थीलाई या १५ अंक थप गर्नुपर्दछ, या त १०० पूर्णाङ्क बाट १५ अंक घटाई ८५ नं. लाई पूर्णाङ्क बनाइ उत्तर पुस्तिका परीक्षण गर्नु पर्दछ ।  

यसर्थ यससँग सरोकार राख्ने सम्पूर्ण नीति निर्माता, विषय विज्ञ, सचेत अभिभावकहरु, शैक्षिक सरोकारवालाहरु, शिक्षकहरु, गणित विषयस“ग सम्बन्धीत संगठनहरु, शिक्षक संघ÷संगठनहरु, विद्यार्थीहरु, नागरिक समाज लगायत पत्रकारहरुको माथि उल्लेखित सवालहरुमा गम्भीर ध्यानाकर्षण हुन जरुरी छ ।

(रेग्मी राष्ट्रिय मावि कास्कीका गणित शिक्षक हुन् ।)

Comments: