२०७७ जेष्ठ २१ गते

शिवपुरी माविको ६९ औं वार्षिकोत्सव सम्पन्न


काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालयले ६९ औं वार्षिकोत्सव मनाएको छ । बुधवार विद्यालय परिसरमा भव्य कार्यक्रम गरी आफ्नो स्थापनाको उनन्सत्तरी वार्षिकोत्सव मनाएको हो ।


कार्यक्रममा विद्यालयको प्रगतिमा योगदान दिने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले विद्यालयको प्रगतिमा योगदान दिने पूर्व प्रद्यानध्यापक, उत्कृष्ट शिक्षक एवं अभिभावकलाई सम्मान पत्र प्रदान गरिन् ।


त्यसक्रममा उपमेयर श्रेष्ठले विद्यालयको विकासमा सहयोग गर्न काठमाडौं महानगरपालिका सधैँ तयार रहेको बताइन् । ‘शिवपुरी माविको शैक्षिक गुणस्तरप्रति कुनै गुनासो छैन । सामुदायिक विद्यालयले गरेको यस खालको विकास उदाहरणीय छ,’ उपमेयर खड्गीले भनिन्, ‘अरु विद्यालयले पनि यसबाट पाठ सिक्न सक्छन् ।’ अब महानगरपालिकाले सामुदायिक विद्यालयको सुधारका लागि विशेष कार्यक्रम ल्याउने समेत उनले स्पष्ट पारिन् ।


त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति शंकरराज पाठकले विद्यालयतहदेखि सुधारभएमात्रै शिक्षामा सुधार आउने बताए । हाम्रो शिक्षा विद्यालय तहदेखि नै बिरामी भएको छ । शिक्षाको चमक घटेको छ । उनले भने–अब कक्षा एक देखि नै सुधार गर्नु जरुरी छ ।


विद्यालयका प्रधानाध्यापक दिवाकर दूरदर्शीले निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न बविद्यालय सक्षम रहेको बताए । उनले भने, ‘पछिल्लो शैक्षिक सत्रका एसएलसी र एसइई दुवैमा सत प्रतिशत विद्यार्थी पास भएका छन् । कक्षा १ देखि नै अंग्रेजी माध्यममा पढाइ सुरु गरिएको छ । यहाँको पढाइ निजी विद्यालयसँग प्रतिष्पर्दा गर्न सक्ने खालको छ । त्यसैले विद्यार्थीको चाप पनि बढ्दो छ । यसलाई भविश्यमा अझ मजबुत तुल्याइने छ ।’


कार्यक्रममा विद्यालयका पूर्व प्रद्यानाध्यापक भवानी विक्रम राणा, पूर्व शिक्षक प्रमिला ढुंगाना, शिक्षक उर्मिला अर्याल, वडाध्यक्ष दिपक केसीलगायतलाई सम्मान गरिएको थियो ।





Comments: