२०७६ असोज ३० गते

शिक्षा मन्त्रालयको नाम परिवर्तन, थप दुई मन्त्रालय गाभिए

काठमाडौं । शिक्षा मन्त्रालयको नाम परिवर्तन भएको छ । सरकारले शिक्षा मन्त्रालयमा अन्य मन्त्रालयसमेत गाभेर शिक्षा, विज्ञान प्रविधि एवं युवा तथा खेलकुद मन्त्रालय बनाएको हो ।

संघीय सरकारमा मन्त्रालयको संख्या घटाउनु पर्ने संवैधानिक ब्यवस्था अनुसार मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको संख्या ३१ बाट घटाएर १८ मा झारेपछि शिक्षा मन्त्रालयमा अन्य मन्त्रालय गाभिएको हो ।

विद्यालयहसम्मको शिक्षाका सम्पूर्ण अधिकार स्थानीय तहमा गएपछि यसअघि शिक्षा मन्त्रालय नै नरहने भनिएकोमा अन्तत सरकारले शिक्षा मन्त्रालयमा अन्य मन्त्रालय गाभेर भएपनि यसको अस्तृत्वको रक्षा गरेको हो ।

सरकारले शिक्षा मन्त्रालयमा विज्ञान प्रविधि, युवातथा खेलकुद मन्त्रालय गाभेको हो ।

सरकारले कृषि, पशु विकास र भूमिसुधार मन्त्रालय गाभेर कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्रालय बनाएको छ । यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गाभिएर एउटै मन्त्रालय बनाईएको छ ।

सिँचाइ, ऊर्जा र खानेपानी मन्त्रालय गाभिएर जलस्रोत तथा ऊर्जा मन्त्रालय बनाईएको छ । यसैगरी वन र वातावरण मन्त्रालय गाभिएर वन तथा वातावरण मन्त्रालय बनाईएको छ । महिला, बालबालिका र श्रम तथा रोजगार मन्त्रालय पनि गाभिएको छ । संघीय मामिला, स्थानीय विकास र सामान्य प्रशासन मन्त्रालय गाभेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बनेको छ ।

सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा, स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयलगायतमा भने कुनै परिवर्तन गरेको छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अहिले नयाँ पुनर्गठित मन्त्रालयको नयाँ कार्यविभाजनअनुसार पुनःसंरचनाको काम गरिरहेको जनाएको छ ।

 

Comments: