भक्तपुर । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयहरुमा विद्यार्थीहरुलाई अनुशासित बनाउने नाममा बालबालिकालाई शारीरिक तथा मानसिक दण्ड दिने कार्य नगर्न निर्देशन जारी गरेको छ । ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइहरुलाई निर्देशन दिँदै केन्द्रले यस्तो कार्य दण्डनीय तथा बाल मनोविज्ञान विपरित भएकाले सकारात्मक व्यवहारका विकल्पहरु उपयोग गर्नु गराउन निर्देशन दिएको हो ।

केन्द्रले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको च.नं.२६७ मिति २०७६ माघ ३ को पत्रानुसार राष्ट्रिय मानव अधिकार आयोगको च.नं. ९४६ मिति  पुस १३ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको च.नं. ७२१–३९५५ को  मंसिर २० को पत्रको भावना अनुसार आ–आफ्नो विद्यालयमा काम गर्न भन्दै ३ बुंदे निर्देशन दिएको हो ।

केन्द्रले  विद्यालयको पठन–पाठनलाई बालमैत्री बनाउनुको साथै विद्यालय हाताभित्र विद्यार्थीको मनोसामाजिक अवस्थालाई ध्यान दिई व्यवहार गर्न भनेको छ । यस्तै, विद्यालयमा हुने शारीरिक तथा मानसिक यातनालाई पूर्णरुपमा बन्द गर्ने, गराउने तथा परिवार र समुदायमा हुने यस्ता गतिविधि नियन्त्रणका लागि सचेतना अभिवृद्धि गर्नसमेत निर्देशन दिएको छ ।

प्रतिकृया दिनुहोस्