२०७६ असोज २९ गते

त्रिविले विद्यार्थीलाई निष्कासित गरी मानसिक कैदी बनायो : बृद्धिजीविहरु

काठमाडौं । त्रिभूवन विश्वविद्यालयले आफ्नो स्थापनाकालयता हजारौ विद्यार्थीलाई परीक्षामा अनियिमतता गरेको नाममा अवैज्ञानिक शैलीमा निष्कासन गरी ‘मानसिक कैदी’ बनाएको राजधानीमा  आयोजित एक कार्यक्रममा सहभागीहरुले बताएका छन् ।

उनीहरुले गलत नीति, पूर्वाग्रही सोच र तानाशाह प्रवृति भएका त्रिविका शिक्षकरकर्मचारीका कारण विद्यार्थीहरु निष्कासितमा परेको समेत बताए । सहभागीहरुले नीजि कलेजमा विद्यार्थीहरु निष्कासित नहुने तर सरकारी कलेजकै बढी निष्कासित हुनुले त्रिविमाथि गम्भिर प्रश्न उठाउने ठाउँ रहेको जनाए । प्राध्यापक आनन्द आदित्यले शिक्षा जीवनको जननी प्रक्रिया भएकाले विश्वविद्यालयले गरेको यसप्रकारको कार्य तत्कालै रोक्नु पर्ने बताए ।

मधेसी बृद्धिजीवि विन्देश्वर गोइतले शिक्षाले विद्यार्थीको गुणात्मक र व्यावहारिक विकासमा जोड दिनु पर्ने भन्दै एउटा खास क्षेत्रका परिक्षार्थीलाई अन्दाधुन्द निष्कासन गरिनुलाई एक प्रकारको ‘रेसिज्म’ भएको बताए । प्राडा।पारस यादवले त्रिविको तथ्यांकले पनि सरकारी कलेजका विद्यार्थीहरु त्यसमा पनि तराई र दूर्गम क्षेत्रस्थित सहरहरुका परीक्षा केन्द्रबाट बढी निष्कासित भएका देखाएको बताए । कार्यक्रममा उनले यसको अनुशन्धान गरी दोषीहरुलाई कारवाही गनु पर्ने र बिना कारण दण्डित बनाइने यो परिपाटीविरुद्ध आबाज उठाउन मानवअधिकारवादीहरुलाई आग्रह गरे ।

सह–प्राध्यापक रीता मण्डलले विद्यार्थीहरुको मनोविज्ञान नै विगार्ने खालको निष्कासन प्रतिक्रिया एक प्रकारको रोग जस्तै भएकाले यसको उपचार आवश्य भइसकेको बताइन । कानुन व्यवसायी सुनिल रञ्जन सिंहले तराई–मधेसका शिक्षालयप्रति गलत धारणको प्रचार गर्नका लागि त्यस क्षेत्रका विद्यार्थीहरु बढी निष्कासनमा पर्ने गरेको तर्क गरे । अर्का कानुन व्यवसायी ज्ञानेन्द्रराज आरनले त्रिविमा विसंगीहरुको चाङ रहेकोले बताउँदै विद्यार्थीमाथि गरिने विभेदपूर्ण निस्कासन प्रक्रिया कुनैपनि दृष्टिकोणले उचित नभएको जनाए । पोखरामा प्राध्यापन गर्दै आएका किसानप्रसाद अधिकारीले सिरहामा केही वर्षअघि एकै पटक १४ सय विद्यार्थीलाई निष्कासन गरिएको घटना दुर्भाग्यपूर्ण र मानवअधिकारको उलंघटन भएको जनाउँदै त्रिविको तानाशाह यो रवैयाविरुद्ध अदालतमा जानु पर्ने बताए ।

कार्यक्रममा प्राध्यापक रामप्रताप यादवले विद्यार्थीहरुलाई निष्कासन गर्नुको कारण तत्कालै सार्वजनिक गरि यसले निम्त्याएको विकृति र विसंगतिलाई तत्कालै रोक्नु नपल नगरे समस्या जटिल बन्ने जनाए । युवा नेता घनश्याम रजकले मधेसका मात्रै विद्यार्थीहरुलाई बढी निष्कासन गर्न अब चाही बन्द हुनु पर्ने बताए । उनले यसका लागि अदालतसम्म जानु पर्ने बताउदै अदालतले पीडितको पक्षमा फैसला गरेरनगरेपनि निष्कासित विद्यार्थीहरुको मनभित्रका पीडा र बदनियतपूर्ण व्यवहारप्रतिको नकारात्मक सोच हटाउन नसक्ने बताए ।

मधेसी नागरिक समाजले आयोजना गरेको कार्यक्रममा विद्यार्थी नेताहरु विक्की यादव, सुरेश मण्डल, मनिस मिश्रा, सुजन यादव र मधेसी अधिकारकर्मी गणेशकुमार मण्डलले त्रिविमा निष्कासनमा परेका विद्यार्थीहरुको समस्या समाधान गर्न स्वतन्त्र र न्यायिक आयोग गठनको माग गरे । कान्तिपुर दैनिकमा खबर छ ।

Comments: