२०७६ साउन ३२ गते

अस्थायी शिक्षकका लागि तीनै तहमा शिक्षक विज्ञापन खुल्यो(विज्ञापन सहित)

भक्तपुर । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुका लागि आयोग खुलाएको छ । प्रावि निमावि र मावि तहमा आयोगले विज्ञापन गराएको हो ।   ६७ जिल्लाका १६ हजार ३ सय २६ पदका लागि आयोग खोलेको शिक्षक सेवा आयोग प्रशासकिय प्रमुख लक्ष्मीराम पौडेलले जानकारी दिए । परीक्षा मिति भने पछि तोकिने पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार शिक्षकहरुले वैसाख १७ गते सम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरी २४ गतेसम्म फारम भर्न सक्नेछन् । शिक्षामन्त्री धनीराम पौडेल र आयोगका पदाधिकारी सहितको वैठकले  अस्थायी शिक्षकहरुकालागि आयोग खोल्ने निर्णय गरेको हो । शिक्षा ऐनमा असार भित्रै अस्थायी शिक्षक व्यवस्थापन गर्ने उल्लेख भएअनुसार मन्त्रालयले आयोग खोल्ने निर्णय गरेको हो ।

शिक्षा ऐन, २०२८(आठौं संशोधन)को दफा ११ च. (१) को खण्ड ख को प्रतिस्पर्धात्मक वाक्यांशको उपखण्ड (१),(२) र (३) मा भएको व्यवस्था अनुसार सामुदायिक विद्यालयहरुमा रिक्त शिक्षक पद स्थायी रुपले पदपूर्ति गर्नुपर्ने भएकाले विज्ञापन  खोलिएको आयोगले जनाएको छ ।

 

Comments: