काठमाडौं । शिक्षा ऐन कार्यान्वयन गर्न भन्दै शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुकालागि शिक्षक विज्ञापन खोलेको छ । ऐनमा अस्थायी शिक्षकलाई परीक्षा वा सुविधा मध्ये एक रोज्ने व्यवस्था गरिएको छ । अस्थायी शिक्षकहरुले यसरी परीक्षा र सुविधा मध्ये एक रोज्न सक्नेछन् ।

१. शिक्षा ऐन (संशोधनसहित), २०२८ को दफा ११च. को उपदफा (१) (ख) को प्रतिबन्धात्मक वाक्यांशको उपखण्ड (१), (२) र (३) बमोजिमका कार्यरत अस्थायी शिक्षकको हकमा उमेरको हद लाग्ने छैन ।

२. शिक्षक सेवा आयोग नियमावली (संशोधनसहित), २०५७ को नियम (१०) बमोजिम उम्मेदवार अयोग्य नभएको हुनु पर्नेछ ।

३. विदेशी संस्थामा अध्ययन गरेका उम्मेदवारहरुले सम्बन्धित निकायबाट आफूले प्राप्त गरेको योग्यताकोसमकक्षता निर्धारण गराएको प्रमाणपत्र अनिवार्य रुपमा पेस गर्नुपर्नेछ .

४. सम्बन्धित तहको पाठ्यक्रम र दरखास्त फाराम आयोगको वेवसाइट www.tsc.gov.np बाट डाउनलोड गर्न सकिने छ ।

५. दरखास्त फारामको अग्र भागमा उम्मेदवारले आफ्नो नाम, थर, विज्ञापन नं., तह, जिल्ला/क्षेत्र र परीक्षा दिने विषय स्पष्ट रुपमा उल्लेख गर्नुपर्नेछ ।

६. कुनै उम्मेदवारले झुट्टा विवरण/कागजात पेस गरेको पाइएमा निजकोदरखास्त फाराम अस्वीकृत गरिनेछ । यदि त्यस्ता उम्मेदवारले नियुक्ति लिइसकेको भए नियुक्ति समेत रद्द गर्ने तर्फ आवश्यक कारवाही गरिनेछ ।

७. रीत नपुगेको वा सर्त राखी कुनै पनि दरखास्त स्वीकृत गरिने छैन ।

८. एउटा उम्मेदवार कुनै एक विज्ञापनको एउटा विषयमा मात्र उम्मेदवार हुन पाउनेछ ।

९. प्राथमिक तहको जिल्ला र निम्न माध्यमिक र माध्यमिक तहको क्षेत्रीय स्तरमा प्रतिस्पर्धा हुनेछ ।

१०. शिक्षा विभागले मिति २०७४ बैशाख ८ गतेसम्म कुनै तह वा विषयमा नयाँ पद माग गरेमा वा थपघट गरेमा यसैविज्ञापनमा समावेश गरिने छ । तर दरखास्त बुझाउने अन्तिम मिति यथावत रहने छ ।

११. सम्बत् २०६१ साउन २२ गतेदेखि २०७२ असोज २ गतेसम्म रिक्त कुल दरबन्दीको एकाउन्न प्रतिशतले हुन आउने पदसंख्या आयोगको अभिलेखमा रहेकोछ र यस विज्ञापनबमोजिम लिइएको प्रतियोगितात्मक परीक्षाबाट शिक्षक पदपूर्ति हुन नसकेमा त्यस्तो पद समेत खुल्ला प्रतियोगिताबाट पूर्ति गरिनेछ ।

१२. यो विज्ञापनमा उम्मेदवार हुन नचाहनेकार्यरत अस्थायी शिक्षकहरुले शिक्षा ऐनको दफा ११च. को उपदफा (८) बमोजिम सुविधा लिनको लागि दरखास्त दिने अन्तिम मिति अगावै सम्बन्धित जिल्ला शिक्षा कार्यालयहरुमा निवेदन दिनु पर्नेछ ।

१३. आयोगको परीक्षामा दरखास्त पेश गरेको कुनै उम्मेदवारले दरखास्त वुझाउने अन्तिम मितिसम्म शिक्षा ऐनको दफा ११च को उपदफा (९) बमोजिमको सुविधा लिन चाहेमा पहिले पेश गरेको दरखास्त फाराम फिर्ता लिन सक्नेछ । तर दरखास्त दस्तुर फिर्ता हुने छैन ।

१४. दोब्वर दस्तुरको म्याद भित्र प्राप्त गरेको शैक्षिक योग्यता र तालिम यस प्रयोजनका लागि गणना गरिने छैन ।

२०७३ चैत्र १९ गते ००:४६मा प्रकाशित

प्रतिकृया दिनुहोस्