यस्तो छ परिमार्जित प्राथमिक तहको पाठ्यक्रम
काठमाडौं । शिक्षा ऐन कार्यान्वयन गर्न भन्दै शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुकालागि शिक्षक विज्ञापन खोलेको छ । अस्थायी शिक्षकहरुले मात्रै प्रतिस्पर्धा गर्न पाउने यस आयोगका लागि आयोगले केहि समय अघि नयाँ पाठ्यक्रम तयार पारेको थियो । आयोग तयारी गरेर बस्नुभएका शिक्षकहरुकालागि सहयोग होस् भनेर हामीले परिमार्जित प्राथमिक तहको पाठ्यक्रम प्रस्तुत गरेका छौं ।
शिक्षा ऐन, २०२८, (संधोधनसहित) को दफा ११(च) को उपदफा (१) को खण्ड (ख) प्रतिबन्धात्मक वाक्यांशको १, २ र ३ बमोजिम आधारभूत तह (साविक प्राथमिक तह कक्षा १–५) मा कार्यरत शिक्षकहरुले मात्र प्रतिस्पर्धा गर्न पाउने प्रतियोगितात्मक लिखित परीक्षाको पाठ्यक्रम
लिखित परीक्षा योजना
यस पाठ्यक्रमलाई दुई भागमा बाँडिएको छ ।
१. लिखित परीक्षा – पूर्णाङ्क १०० उत्तीर्णाङ्क : ४०
२. अन्तर्वार्ता – पूर्णाङ्क २५
द्रष्टव्य :
१. बस्तुगत प्रश्न र विषयगत प्रश्न अर्थात्(खण्ड क) र (खण्ड ख) का उत्तरपानाहरु अलग अलग हुनेछन् ।
२. वस्तुगत परीक्षाको लागि ४५ मिनेट र विषयगत परीक्षाको लागि २ घण्टा १५ मिनेटको समय निर्धारण गरिएको छ ।
३. वस्तुगत र बिषयगत परीक्षा लगातार सञ्चालन हुने छ ।
४ं. लिखित परीक्षाको माध्यम अङ्ग्रेजी वा नेपाली वा दुबै भाषा हुनेछ ।
५. यो पाठ्यक्रम तुरुन्त लागु हुनेछ ।
खण्ड (क) : शिक्षासम्बन्धी आधारभूत ज्ञान – अङ्कभार ४०
१. नेपालको संविधान र शिक्षासम्बन्धी ऐन नियमहरू
१.१ नेपालको संविधान : भाग ३ देखि ५ सम्म
१.२ शिक्षा ऐन (संशोधनसहित), २०२८ र शिक्षा नियमावली (संशोधनसहित), २०५९
१.३ शिक्षक सेवा आयोग नियमावली (संशोधनसहित), २०५७
२ शिक्षा सम्बन्धी सामान्य जानकारी
२.१ नेपालको शैक्षिक इतिहास (राणाकालदेखि हालसम्मको)
२.२ नेपालको शिक्षाको तहगत संरचना
२.३ शिक्षाका राष्ट्रिय उद्देश्यहरु
२.४ प्राथमिक तहका तहगत उद्देश्य/सक्षमताहरू
२.५ शिक्षा मन्त्रालय, शिक्षा विभाग, क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्ला शिक्षा कार्यालयको संगठन, संरचना र कार्यहरु
२.६ नेपालकोशैक्षिक तथ्याङ्कसम्बन्धी सामान्य जानकारी
३ शिक्षासम्बन्धी नीतिहरू
३.१ शिक्षा नीति र यसकोआवश्यकता
३.२ शिक्षक सक्षमताको प्रारुप २०७२
३.३ खुला तथा दुर शिक्षा नीति
३.४ अनौपचारिक शिक्षा नीति
४ शिक्षासम्बन्धी विभिन्न आयोग तथा समितिका प्रतिवेदनहरू
४.१ राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८–२०३२
४.२ राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०४९
५ शिक्षासम्बन्धी योजना तथा कार्यक्रमहरु
५.१ सबैका लागि शिक्षासम्बन्धी राष्ट्रिय कार्ययोजना (सन्२००१–२०१५) उद्देश्य तथा उपलब्धि
५.२ विद्यालय क्षेत्र विकास कार्यक्रम (२०६६–२०७२) : लक्ष्य, उद्देश्य र कार्यहरु
५.३ राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (NEGRP)
६ शैक्षिक र शैक्षणिक योजनाहरु निर्माण र कार्यान्वयन
६.१ शैक्षिक क्यालेण्डर विद्यालय, वार्षिक कार्ययोजना
६.२ वार्षिक, एकाइ र दैनिक शैक्षणिक योजना
६.३ गाउँ/नगर स्तरीय शिक्षा योजना निर्माण र प्रयोगको अवस्था
६.४ विद्यालय सुधार योजना
६.५ विद्यालय विकासमा स्थानीय सरकार/निकाय, गैरसरकारी र सामुदायमा आधारित संस्थाहरुसँगको सम्बन्ध र समन्वय
७ विद्यालय तहको पाठ्यक्रम र मूल्याङ्कन
७.१ पाठ्यक्रमको परिचय, निर्माण प्रक्रिया र पाठ्यक्रम निर्माणमा प्रभाव पार्ने तत्त्वहरू
७.२ विद्यालय तहको पाठ्यक्रम ढाँचा
७.३ राष्ट्रिय पाठ्यक्रमको प्रारूप (परिमार्जनसहित), २०६३
७.४ स्थानीय पाठ्यक्रम प्रारुप, २०७१, निर्माण र प्रयोगको अवस्था
७.५ प्राथमिक तहको पाठ्यपुस्तक तथा सन्दर्भ सामग्रीहरूको विकास तथा प्रयोग
७.६ शिक्षण सिकाइमा निर्माणात्मक र निर्णयात्मक मूल्याङ्कन
७.७ निरन्तर मूल्याङ्कन प्रणाली र अक्षराङ्कन पद्धति
७.८ मातृभाषामा आधारित बहुभाषिक शिक्षा
८ बाल मनोविज्ञान र सिकाइ
८.१ बाल मनोविज्ञानको अवधारणा ,बाल वृद्धि र विकास
८.२ पूर्व बाल्यावस्था र उत्तर बाल्यावस्थाको परिचय , विकासात्मक पक्षहरू र सिकाइसंँग सम्बन्धित विशेषताहरू
८.३ सिकाइमा प्रभाव पार्ने तत्त्वहरू
८.४ उत्प्रेरणाका सिद्धान्तहरू र विद्यार्थीहरूमा उत्प्रेरणा जगाउने उपायहरू
९ विद्यालय सुशासन र शैक्षिक व्यवस्थापन
९.१ विद्यालय सुशासन (school governance) र सामाजिक परीक्षण (social audit)
९.२ शैक्षिक व्यवस्थापनको परिचय र सिद्धान्त
९.३ विद्यालय व्यवस्थापनमा उत्तरदायित्व, जवाफदेहिता र सहभागिता
९.४ स्वव्यवस्थापन, समय व्यवस्थापन र विपत्व्यवस्थापन
९.५ कक्षा कोठा व्यवस्थापनको अवधारणा र आधुनिक कक्षाकोठा व्यवस्थापन
९.६ उपचारात्मक शिक्षण पद्धति
९.७ विद्यार्थीमा निहीत विविधता व्यवस्थापन : भाषिक, सामाजिक, सिकाइ क्षमता, बौद्धिकता, शारीरिक तथा मानसिक अवस्था
९.८ शैक्षणिक सङ्गठन : कक्षा शिक्षण, बहुकक्षा शिक्षण, विषय शिक्षण र बहुकक्षा बहुस्तर (MGML) शिक्षण
९.९ शिक्षण सिकाइमा परियोजना कार्य, कार्यमूलक अनुसन्धान र घटना/मामला अध्ययन
१० शिक्षाका नवीनतम चिन्तन
१०.१ अधिकारमा आधारित शिक्षा
१०.२ बालमैत्री विद्यालय : अवधारणा, मापदण्ड र सूचकहरू
१०.३ विद्यालय शान्ति क्षेत्र
१०.४ समाहित शिक्षा र शिक्षामा समावेशीकरण
१०.५ शिक्षण सिकाइमा सूचना तथा संचार प्रविधि
१०.६ साधारण तथा प्राविधिक सिप (soft and hard skill) र जीवनोपयोगी सिप (life long learning and life skill)
१०.७ शिक्षक शिक्षा र तालिम
१०.८ अभिभावक शिक्षा
खण्ड (ख) : प्राथमिक तहको पाठ्यक्रम, शिक्षण विधि एवं प्रविधि – अङ्कभार ६०
नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गरेको प्राथमिक तहको पाठ्यक्रमको विषयवस्तुमा आधारित भई सामान्यतया सबैक्षेत्र समेटिने गरी १० वटा विषयगत प्रश्नहरु सोधिने छन् । त्यसमध्येबाट उम्मेदवारलेकुनै ६ वटा प्रश्नहरुकोमात्र उत्तर दिनुपर्नेछ ।
Comments: