२०७६ भदौ १ गते

निमावि तहको गणित विषयको नतिजा सार्वजनिक (नतिजा सहित)


काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको  अन्तर्वार्ताको  नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । स्थानीय निर्वाचनका कारण परीक्षा भएको नौ महिना पछि बल्ल आयोगले निम्न माध्यमिक तहका शिक्षकहरुको अन्तर्वार्ताको  नतिजा प्रकाशन शुरु गरेको हो ।


आयोगले पहिलो दिन सोमबार पाँचै विकास क्षेत्रको गणित विषयको नतिजा सार्वजनिक गरेको छ । अब क्रमैसँग अन्य विषयको नतिजा सार्वजनिक गर्दै जाने आयोगले जनाएको छ ।


नतिजा अनुसार पूर्वाञ्चलमा ३३, मध्यमाञ्चलमा ४१, पश्चिमाञ्चलमा ४८, मध्यपश्चिमाञ्चलमा १७, सुदुर पश्चिमाञ्चलमा ३ जनाको नाम सिफारिस गरेको आयोगका प्रशासकिय प्रमुख लक्ष्मीराम पौडेलले जानकारी दिए ।

निम्न माध्यमिक विद्यालयको स्थायी शिक्षक पदका लागि कूल ११ सय १७ रिक्त पदका लागि भएको विज्ञापनमा गत भदौ ११ गते भएको लिखित परीक्षामा देशभरबाट १ लाख १६ हजार ३ सय ४० जनाको सहभागिता रहको छ  थियो ।

अन्तर्वार्तामा सम्मिलित उम्मेदवारहरुले आफुले प्राप्त गरेको कुल प्राप्ताङ्क (लिखित, अनुभव, शैक्षिक योग्यता र अन्तरवार्तासमेत) र अन्तिम नतिजा थाहा पाउन आयोगको वेवसाइट www.tsc.gov.np को Total Marks Publication मा क्लिक गरी नतिजाको क्षेत्र छानी रोल नं. र जन्ममिति सम्बन्धित कोठामा टाइप गरी थाहा पाउने आयोगले जनाएको छ ।

 

 

 

Comments: