काठमाडौं । त्रिभुवन विश्वविद्यालयले  चैत ६ गते निर्धारण गरिएको परीक्षा यथावत रुपमा सञ्चालन हुने जनाएको छ ।

बुधवार एउटा सूचना जारी गर्दै त्रिविले चैत ६ गतेको परीक्षा यथावत रहने र चैत ६ पछिको परीक्षा सञ्चालनका लागि विहिवार अर्को निर्णय गर्ने जनाएको हो ।

त्रिविको सूचना जस्ताकोतस्तै

अत्यन्त जरुरी सूचना

त्रिभुवन विश्वविद्यालयबाट सञ्चालन भइरहेका परीक्षाहरु २०७६ चैत्र ६ गतेका दिन यथावत सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

कोभिड १९ को संक्रमणलाई मध्यनजर गरी क्याम्पस÷कलेजका कक्षा सञ्चालन एवं २०७६ चैत्र ७ गते पछिका परीक्षाहरु सञ्चालन सम्बन्धमा त्रिभुवन विश्वविद्यालयबाट २०७६ चैत्र ६ गते सूचना प्रकाशन गरिनेछ ।

त्रिभुवन विश्वविद्यालय

२०७६ चैत्र ५ गते २३:३५मा प्रकाशित

प्रतिकृया दिनुहोस्