२०७६ असोज २८ गते

त्रिवि कर्मचारी चुनाव फागुनमा

 

काठमाडौं । त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितिको ११ औं निर्वाचन आगामी फागुन ५ गते हुने भएको छ । निर्वाचनमा देशभरका आंगिक क्याम्पस, कार्यालय, अनुसन्धान केन्द्र, परीक्षा नियन्त्रण कार्यालयमा गरी ६७ वटा मतदान केन्द्र रहने त्रिवि सूचना विभागले विज्ञप्तिमार्फत जनाएको छ ।

२१ सदस्यीय कार्यकारी समिति चयन गरिने निर्वाचनमा ५ हजार ४ सय ६७ कर्मचारी सहभागी हुनेछन् । निर्वाचनको तयारी पूरा भएको संघले जनाएको छ । कान्तिपुरमा खबर छ ।

Comments: