२०७६ असोज २८ गते

युएण्टो काठमाडौंमा मिया


काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो) काठमाडौंको पाँचौ जिल्ला सम्मेलनले कमालदीन मियाको नेतृत्वमा ३९ सदस्यीय जिल्ला समन्वय समिति निर्वाचित गरेको छ ।


बिहिवार काठमाडौंको डिल्लीबजार कन्या माविमा सम्पन्न संगठनको पाँचौं जिल्ला सम्मेलनले समितिको वरिष्ठ उपाध्यक्षमा नानीराम सापकोटा, महिला उपाध्यक्षमा कल्पना पनेरु, उपाध्यक्षहरुमा मचाभाई महर्जन, मधुसुदन रेग्मी र प्रविण न्यौपानलाई निर्वाचित गरेको हो ।


त्यस्तै, सम्मेलनबाट सचिवमा कृष्णराज कट्टेल, अर्थ सचिवमा सञ्जिवकुमार सिंह, सहसचिवहरुमा अमृता मजाकोटी, राजु खत्री र जग प्रसाद तिवारी निर्वाचित भएका छन् ।

Comments: