काठमाडौं । सरकारले उच्चस्तरीय शिक्षा आयोग गठन गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा आयोग गठन गरेको हो ।

विभिन्न दलका प्रतिनिधि, शिक्षाविद्, तथा विश्वविद्यालयहरुका उपकुलपतिहरुको सदस्यतामा आयोग गठन गरिएको हो । मंगलबार मुख्य सचिवले प्रमाणित गरेपछि बुधवार सार्वजनिक गर्ने शिक्षा मन्त्रालयले तयारी गरेको छ ।

आयोगले समग्र शिक्षाका बारेमा अध्ययन गरी संघीयतामा नयाँ शिक्षा नीतिका लागि सिफारिस गर्ने जनाइएको छ ।

शिक्षा मन्त्री बनेसँगै श्रेष्ठले उच्च स्तरिय शिक्ष आयोग बनाउने बताएका थिए । यसअघि २०७१ साल, २०४९ साल र २०५५ सालमा शिक्षा आयोग गठन भएको थियो । तीनैै आयोगका अध्यक्ष मन्त्री थिए ।

२०७४ भदौ २० गते ००:३१मा प्रकाशित

प्रतिकृया दिनुहोस्