काठमाडौं । विश्वविद्यालयहरुले अनलाइनमार्फत् कक्षा सञ्चालन गर्ने भएका छन् । कोरोना भाइरसको त्रासले मुलुक लकडाउनमा गएको र स्थिति सामान्य हुन समयलाग्ने भएकाले  उनीहरुले अनलाइनमार्फत् नै कक्षा सञ्चालन गर्ने तयारी गरेका हुन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसँगको अनलाइन बैठकमा विश्वविद्यालयका उपकुलपतिहरुले अनलाइन एजुकेशनको शुरुवात गर्ने तयारी भइरहेको जानकार िगराएका हुन् ।

शिक्षामन्त्रीका स्वकीय सचिव पुरन केसीका अनुसार शिक्षामन्त्री र उपकुलपतिहरुबीच विहिबार साँझ भएको भिडियो बैठकमा वर्तमान अवस्थामा  विश्वविद्यालयले खेलेको भूमिका र अबको दिशा,  स्वयंसेवक परिचाल र   अनलाईन एजुकेसनको तयारीलगायतको विषयमा छलफल भएको थियो ।

अनलाइन छलफलमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्माकान्त बास्कोटाले  सबै ल्यावहरूलाई प्रयोगमा ल्याउने गरी काम गरेको शिक्षामन्त्रीलाई जानकारी गराएका छन् । उनले छिट्टै त्रिविलाई अनलाइन प्रणालीमा लग्ने तयारी गरिएको,  शिक्षकको क्षमता विकासको लागि कांम भइरहेको जानकारी गराएका थिए ।

उपकुलपति प्राडा बास्कोटाले कोरोना भाइरसको संक्रमण फैलिन नदिन सचेतनाको सूचनाहरु प्रकाशन गरेको, अपील निकालेको भन्दै स्वयम् सेवकको परिचालनका लागि  वायोमेट्रिक, बायोलोजी, शिंक्षण अस्पतालको विज्ञको  टीम परिचालन गर्न सकिने  बारे शिक्षामन्त्रीलाई जानकारी गराएका थिए ।

यस्तै, काठमाडौं विश्वविद्यालका उपकुलपति रामकान्थ मकाजु श्रेष्ठले विश्वविद्यालयबाट मेडिकल र नन् मेडिकल विद्यार्थी र शिक्षकलाई स्वयंसेवकका रुपमा परिचालन गरिएको, पिआरसी मेसिन सञ्चालनमा ल्याई टेस्ट गरिएको,  अनलाइन एजुकेसन  अगाडि बढाएको बारे शिक्षामन्त्रीलाई जानकार िगराएका थिए ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका  उपकुलपति प्राडा अम्माराज जोशीले कोरोना संक्रमण फैलन नदिन विश्वविद्यालय संवेदनशील रहेको,  केही क्याम्पसहरुलाई आइसोलेसन र केहीलाई क्वारेन्टाइनको रुपमा विकास गरिएको शिक्षामन्त्री पोखरेललाई जानकारी गराएका थिए ।

अनलाइन बैठकमा उपकुलपति जोशीले विश्वविद्यालयले सामाजिक सहजताको लागि चेतनामुल कामहरु गरेको,  स्थानीय तहसँग मिलेर टेस्ट बुथ बनाउने काममा लागेको जानकारी गराएका थिए । उनले कोरोना विरुद्ध राहत संकलन र वितरण गरेको,  सरकारको राहात कोषमा १६ लाख ३१ हजार ८ सय रकम सहयोग गरेको, कम्प्युटर फ्याकल्टीलाई परिचालन गरी ९ जनाको टास्क फोर्स बनाएर  अनलाईन एजुकेसन को काम अगाडि बढाएको जस अन्तर्गत १५ वटै क्याम्पसका विद्यार्थीहरुको  विवरण तयार गरी अनलाइन पढाइको तयारी गरेको  उपकुलपति जोशीले शिक्षामन्त्रीलाई बताएका थिए ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले कर्णाली प्रदेशले बनाउन लागेको एक हजार क्वारेनटाइनमध्ये मध्यपश्चिमाञ्चल विश्वविद्यालयले ६ सय बनाउने तयारी गरेको,  बँचौ र बचाँऔं  भन्ने  वेव साइट बनाएर  जनचेतना अभिवृद्धि गर्ने काम गरेको शिक्षामन्त्री पोखरेललाई जानकारी गराएका थिए ।

यस्तै सिंहले विश्वविद्यालयले  प्रदेश सरकार र जनप्रतिनिधिहरु सँग मिलेर कामहरु गरिरहेको, रक्तदान, छुट्टै टिम बनाएर अनलाईन एजुकेसनको काम अगाडि बढाइ सकेको जानकारी गराएका थिए ।

लुम्बिनी विश्वविद्यालयका उपकुलपति  प्राडा हृदय रत्न बज्राचार्यले विश्वविद्यालयले कोरोना भाइरस विरुद्ध प्रदेश सरकारसँग मिलेर रुपन्देही, कपिलवस्तुमा काम गरेको, स्वयम् सेवक परिचालन गरेको शिक्षामन्त्रीलाई जानकारी गराएका थिए ।  आइशोलेशनको  तयारी गरिएको भन्दै उनले  अनलाइन एजुकेसनको तयारी भइरहेको बताएका थिए ।

यस्तै, अनलाइन छलफलमा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा चिरञ्जिवी शर्माले पनि विश्वविद्यालयले कोरोना भाइरस विरुद्ध प्रदेश सरकार सँग मिलेर काम गरेको, हेल्थ साइन्स फ्याक्याल्टीको निर्देशकको नेतृत्वमा समिति बनाएर स्वयम सेवक परिचालन गरेको,  आइशोलेशन को  तयारी गरिएको, अनलाइन एजुकेसन को तयारी गरेको बारे  शिक्षामन्त्रीलाई जानकारी गराएका थिए ।

कृषि तथा वन विश्वविद्यालयका उपकुलपति प्रा शारदा थपलियाले कोरोना भाइरसको संक्रमण फैलन नदिन बायोटेक्नोलोजी फ्याकल्टीको नेतृत्वमा डाईनोश्टीक गर्ने ल्याब प्रयोग गरिएको, किसानहरुलाई  सहयोग पुर्याउने गरी  विहु विजनको उत्पादन थालिएको,  अनलाइन एजुकेशन को तयारी गरेको जानकारी गराएकी थिइन् ।

राजसी जनक विश्व विद्यालयका उपकुलपति भरत झाले विश्वविद्यालयले  पहिलो र तेस्रो सेमेष्टरको अनलाईन मार्फत एसिसमेन्ट गरेको, अन्यको तयारीमा भएको, प्रदेशमा गएको पीआरसी मेसिन सञ्चालन गर्न विश्वविद्यालयको चार जनाको टिमले सम्पर्कमा रहेर काम  गरेको र अनलाइन एजुकेशनको तयारी गरिरहेको शिक्षामन्त्रीलाई जानकारी गराएका थिए ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइरालाले कोरोना भाइरसको रोकथामका लागि प्रदेश सरकार सँग मिलेर काम गरेको, म्यानेजमेन्ट फ्याक्याल्टीको डिनको नेतृत्वमा समिति बनाएर स्वयम सेवक परिचालन गरेको तयारी गरिएको, आइशोलेशनको  तयारी गरिएको, अनलाइन एजुकेशनको तयारी गरेको आदि जानकारी शिक्षामन्त्रीलाई गराएका थिए ।

खुला विश्वविद्यालयका उपकुलपति लेखनाथ शर्माले  अनलाईन् प्रणालीको आफ्नो अनुभव र  ध्यान दिनु पर्ने विषय शिक्षामन्त्री समक्ष राखेका थिए । साथै, अन्य विश्वविद्यालयले खुला विश्वविद्यालय संग यति बेला सहकार्य गरिरहेकोसमेत जानकारी गराएका थिए ।

उनले विशेष गरी विश्वविद्यालयको प्राविधिक जनशक्ति परिचालन गर्ने तयारी गर्ने, यो संकटलाई अवसको रूपमा बदलेर एजुकेसनमा नयाँ प्रणाली विकास गर्ने जानकार िगराएका थिए ।

उनले चाँडो ढिलो हामी डिजिटल एजुकेसनमा जानै पथ्र्यो भन्दै यो हामामारीले  तत्काल नै डिजिटल एजुकेसनमा जाने दबाब दिएको बताएका थिए ।

२०७६ चैत्र २७ गते २२:३९मा प्रकाशित

प्रतिकृया दिनुहोस्